टाउको पुरा नबन्दै बच्चा जन्मिएपछि…

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार ५ ब‌ैशाख, २०७२

balak

जनबोली/ ५ बैशाख, अछाम । अछाममा टाउको विकसित नभएका एक अनौठो बालकको जन्म भएको छ । बलाता गाविसको वडा नम्बर ४ बाष्कोटमा जन्मिएको बच्चाको स्वरुप बाँदरको जस्तो देखिएको छ भने टाउकाको गिद्धी बाहिर निस्किएको छ ।

बलाता स्वास्थ्य चौकिमा बिन्द्रा साउद र मानबहादुर साउदका पहिलो सन्तानका रुपमा जन्मिएको बच्चाको तौल दुई किलोको छ । ठूला ठूला आँखा गरेको बालकको हात ठूला छन् भने खुट्टा मोटा छन् । हातका औंला भने सामान्य नै रहेको स्वास्थ्य चौकी बलाताका इन्चार्ज बलबहादुर बुढाले बताए ।

आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य छ । बच्चालाई हेर्न घुइँचो लागेको स्थानीय रमेश विकले बताए ।

सम्बन्धित खबरहरु

दुर्घटनामा ६ जनाको मृत्यु
  • सोमबार ५ असोज, २०७७