मिस नेपाल २०१५ को ताज इभाना मानन्धरलाई

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार ६ ब‌ैशाख, २०७२

Miss-nepal-2015-winer-Ivana-Mananfhar-1

जनबोली ६ वैशाख, काठमाडौं । मिस नेपाल २०१५ को ताज काठमाडौ न्यूरोड भोटेबाहलकी इभाना मानन्धरले हात पारेकी छन । शनिबार राति आयोजित अन्तिम प्रतिस्पर्धामा १८ सुन्दरीहरुलाई पछि पादै इभानाले यस वर्षको मिस नेपाल ताज हात पार्न सफल भएकी हुन । उनी हालै मात्र अमेरिकाबाट नेपाल आएकी हुन् । उनलाई मिस नेपाल २०१४ सुबिन लिम्बुले ताज पहिर्‍याइदिइन् ।

Ivana-Mananfhar
कार्यक्रमका प्रमुख निर्णायक शंकर शर्माले सोधेको अबको पन्ध्र बर्षमा तपाई आफूलाई कस्तो अवस्थामा देख्नुहुनेछ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै उनले नेपालकै सवैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगीताको उपाधी जितेकी हुन् । उनले १८ प्रतिस्पर्धीलाई पछि पारिन् । दिव्यता बैद्य फस्ट रनर अप भइन् । सेकेण्ड रनर अप मेधा कोइराला भइन् ।
द हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको २० औं संकरणमा विजेता बनेपछि इभाना मानन्धरले मिस वर्ल्डमा सहभागी हुने अवसर पाएकी छिन् ।

Miss-nepal-2015-winer-Ivana-Mananfhar-7

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७