झापा, मोरङ र सुनसरी मिलाएर छुट्टै राज्य बनाउनुपर्ने

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार ६ ब‌ैशाख, २०७२

nepal-mapविराटनगर । नेपाली कांग्रेस, एमाले तथा एमाओवादीका स्थानीय नेताले राज्य पुनर्संरचना गर्दा पूर्वी नेपालका झापा, मोरङ र सुनसरी जिल्लालाई मधेसमा नगाभी छुट्टै राज्य बनाउनुपर्ने वा हिमालरपहाडसँग गा नुपर्ने बताएका छन् ।

यी तीन जिल्लासहित सुदूर पश्चिमका कैलाली र कञ्चनपुर कता राख्ने भन्ने विवादले राज्य पुनर्संरचना पेचिलो बनेको छ ।

कांग्रेस झापा सभापति उद्धव थापाले यी तीन जिल्ला मिलाएर छुट्टै राज्य बनाउनुपर्ने बताए। झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने सर्वसाधारणको जीवन र पहिचान मधेससँग मेल नखाने तर्क गर्दै उनले छुट्टै राज्य बनाउनुपर्नेमा जोड दिएका हुन् । थापाले भने, ‘छुट्टै राज्य बनाउन सहमति हुन सक्दैन भने हिमाल र पहाडसँग जोड्नुपर्छ।’

उनका अनुसार यसो हुन नसके यी जिल्लालाई केन्द्र शासित प्रदेश बनाउनुपर्छ, त्यो पनि केही समयका लागि। थापाले भने, ‘सहमति नभए केही समयका लागि संघमा गाभ्नु हुँदैन झापा, मोरङ र सुनसरीलाई।’

एमाले झापा अध्यक्ष चिन्तन पाठकका अनुसार पनि यी तीन जिल्ला मधेस प्रदेशमा गाभ्नु उपयुक्त हुँदैन। उनले झापा, मोरङ र सुनसरीलाई हिमाल र पहाडसँग जोडेरमात्र प्रदेश बनाउनुपर्ने बताए।

उनले भने, ‘कुनै पनि हालतमा यी तीन जिल्लालाई छुट्टै राज्य बनाउन अथवा मधेसमा गाभ्न मिल्दैन।’

यी जिल्लाका बासिन्दाको जीवनशैली र व्यापार-व्यवसायको नाता पहाड र हिमालसँग बढी मिल्ने भएकाले प्रदेश निर्माण पनि सोहीअनुरूप हुनुपर्ने उनको बुझाइ छ। आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७