भाषा परीक्षा उत्तीर्ण गर्नेमध्ये ७५ प्रतिशतले मात्रै कोरिया प्रवेश पाए

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार ६ ब‌ैशाख, २०७२

map-south-korea-360x270-cb1352148298काठमाडौं । दक्षिण कोरियाको रोजगारीका लागि भाषा परीक्षा उत्तीर्ण गर्नेमध्ये ७५ प्रतिशतले मात्रै कोरिया प्रवेश पाएका छन् ।

सोलस्थित नेपाली दूतावासका अनुसार रोजगार अनुमति प्रणाली (ईपीएस) लागू भएयता भाषा उत्तीर्ण गर्ने २५ प्रतिशत कोरिया आउन पाएका छैनन् ।

भाषा परीक्षा उत्तीर्ण गर्दैमा कोरिया आउन पाइँदैन । कोरियाले ईपीएसमार्फत लिने कामदारका लागि नेपालमा ५ पटक भाषा परीक्षा गरिसक्यो भने आगामी असारमा छैटौं भाषा परीक्षा लिने तयारीमा छ ।

सन् २००८ मा भएको पहिलो परीक्षामा ३१ हजार ५२५ युवा सहभागी भएका थिए,जसमा ६७८६ उत्तीर्ण भएका थिए । आजको कारोबारमा समाचार छ ।

सम्बन्धित खबरहरु

दुर्घटनामा ६ जनाको मृत्यु
  • सोमबार ५ असोज, २०७७