‘तपाईँले अहिलेसम्म किन चर्पी नबनाएको?

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार ६ ब‌ैशाख, २०७२

sindhupalchok_districtसिन्धुपाल्चोक । ‘तपाईँले अहिलेसम्म किन चर्पी नबनाएको? हेर्नुस् आफ्नो दिसा आफैँ खानु राम्रो होइन। बिलम्ब नगरी आफ्नै र समाजको स्वास्थ्यका लागि चर्पी बनाइ हाल्नुस् । सरसफाइ सभ्यताको प्रतिक हो भन्ने तथ्य नभुल्नुस्।’

झट्ट सुन्दा सामाजिक अभियन्ताको जस्तो लाग्ने यो बिन्ति सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ज्ञवालीको हो।

सिन्धुपाल्चोकले वैशाखभित्र खुला दिसामूक्त जिल्ला घोषणा गर्ने अठोट लिईरहँदा उनी सम्वद्ध कार्यालयका प्रमुख लिएर शौचालय बनाउन उर्दी लगाउँदै पूर्वी क्षेत्र सीमा नाका तातोपानीसम्म पुगे।

खास गरी शौचालयको ढल सिधै नदीमा मिसाइएका अरनिको राजमार्गमा जोडिएर बनेका सुनकोसी र भोटेकोसी किनारका बस्तीजिल्लालाई खुला दिसामूक्त घोषणा गर्न बाधक बनेपछि उनी आफैँ गाउँ निक्लिएका हुन्।

प्रजिअ ज्ञवालीसहितको टोलीले पछिल्ला दुई दिन शौचालय बनाउन बिन्ती गर्दै नदी किनारका बलेफी, खाडीचौर, तातोपानी लगायतका गाउँमा बितायो। आग्रह पछि स्थानीयले भने–’उसो भए चर्पी बनाइदिउँला नी त ।’ आजको नागरिकमा समाचार छ ।

सम्बन्धित खबरहरु