बस दुर्घटना: ३२ जनाको ज्यान गयो

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार ६ ब‌ैशाख, २०७२

morang_districtविराटनगर । ३२ जनाको ज्यान जाने गरी भएको बस दुर्घटना भुल्न ओखलढुंगा प्राप्चा ४ का ५० वर्षीय तेजबहादुर कार्की ‘शान्तिको खोजीमा’ निस्केको १० वर्ष पूरा भयो । दुर्घटनामा उनले दुवै खुट्टा गुमाएका छन् ।

हालसम्म ७१ जिल्ला र ७ देशको यात्रा गरिसकेका छन् । भारतबाट विराटनगर आइपुगेका उनी मनाङ, मुस्ताङ, म्याग्दी र प्युठान पुगेर मलेसियातिर लाग्ने योजनामा छन् ।

१४ वर्षभित्र २ सय ९७ वटा देश घुमेर गिनिज बुकमा नाम लेखाउने उनको लक्ष्य छ । आफ्नो यात्रालाई ‘विश्व शान्ति ह्वीलचियर पदयात्रा’ नाम दिएका छन् ।

उनी काँकडभिट्टाबाट काठमाडौंको रात्रि बस चलाउँथे । ०५७ माघ २३ मा धादिङको जोगीमारा पुग्दा तीव्र गतिमा रहेको बसलाई घुम्तीमा मोडने क्रममा स्टेरिङ जाम भयो ।

बस २ सय मिटर तल नदीमा खस्यो । त्यसपछि के भयो थाहा छैन, होस खुल्दा उनी अस्पतालमा थिए ।

‘सातापछि पत्रिकामा आफ्नो बसमा ३२ जनाको मृत्यु भएको खबर पढें’,  उनले अतीत सम्झे, ‘त्यसपछि मेरो चैन हरायो, ४ वर्षसम्म उपचार गराएँ । २० वर्षदेखिको चालक पेसा मेरा लागि असम्भव बन्यो । दुवै खुट्टा काट्नुपर्यो ।’ आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७