तीन करोड रकमको लागि बाबुआमाद्वारा छोरीको हत्या

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार ६ ब‌ैशाख, २०७२

suicide_635409435स्याङजा । झुन्डिएर आत्महत्या गरेको वा हत्यामा प्रयोग भएको डोरीको गाँठोको मूल्य तीन करोडमा बिक्री हुने प्रलोभनमा परी आमाबाबुले आफ्नै आठ वर्षीया नावालिकाको हत्या गरेको घटना सार्वजनिक भएको छ ।

स्याङजाको केवरेभन्ज्याङ गाविसका आठ वर्षीया रिता विकलाई योजनावद्द्ध रुपमा झुन्ड्याई मारेको आरोपमा सौतेनी आमा २१ वर्षे कल्पना केसी विकसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ४७ वर्षीय बुबा सोबितबहादुर बिक,तनहुँ व्यास नगरपालिकाका सिद्द्धकुमार शाही र सल्यानका हरिप्रसाद बोहोरा रहेका छन् ।

व्यास नगरपालिकाका सिद्द्धकुमारले झुन्डिएर मर्दा डोरीमा परेको गाँठोको मूल्य तीन करोड पर्ने बताएपछि चारै जनाको मिलेमतोमा बालिकालाई झुन्डाएर मारी खाडलमा पुरेको खुलेको छ ।

खाडलबाट कुकुरले उधिनेर शब बाहिर ल्याएपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।

शाही, बोहोरा र बाबु विकको योजनामा बालिकाकी कान्छी आमा कल्पनाले बालिकाको हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु