एजेन्सी । बलिउड अभिनेत्री कट्रिना कैफकी बहिनी इसाबेल फिल्ममा छैनन् । तर, पनि भारतीय मिडियामा उनको निकै चर्चा हुन्छ । इसाबेल झट्ट हेर्दा कट्रिना जस्तै देखिन्छिन् ।

कतिपयले उनलाई कट्रिना भन्दा राम्री मान्छन् भने धेरैले चाहिँ दिदी जत्तिकी होइन भन्छन् । अब भने उनीहरुबीच तुलना गर्न सजिलो भएको छ । किनी उनीहरुले एउटा म्यागजिनका लागि एकसाथ मोडलिङ गरेका छन् ।

ब्राइड्स टुडे नामका म्यागजिनमा उनीहरु दुलहीको भेषमा देखिनेछन् । कट्रिना र इसाबेल दुवैले आफ्नो इन्स्टाग्राम अकाउन्टमा यो कभर पेज सेयर गरेका छन् । उनीहरुको प्रशंसा गर्दै सयौंले कमेन्ट गरेका छन् । धेरैजसोको प्रतिक्रिया चाहिँ इसाबेल कट्रिनाको कपि रहिछन् भन्ने छ ।

मयागजिनको अप्रिल अंकको लागि यो फोटोसुट गरिएको हो । यो फोटोसुटमा दिदीबहिनी ख्यातिप्राप्त पिडजाइनर तरुण तहिलियानीले डिजाइन गरेको आउटफिटमा देखिनेछन् । यस आउटफिटको साथमा न्यूड मेकअप र गरगहनाले उनीहरुलाई अझै निखारेको छ ।

केही समयअभि खबर फेलिएको थियो कि कट्रिनाले आफ्नी बहिनीलाई चाँडै बलिउडमा डेब्यू गराउँदैछिन् । इसाबेलले टाइम टु डान्स नामक फिल्ममा खेल्ने चर्चा थियो । फिल्ममा उनको अपोजिटमा सुरज पन्चोलीले खेल्ने भनिएको थियो । उनीहरु अहिले एकसाथ डान्स प्राक्टिस गरिरहेको जनाइएको छ ।

सम्बन्धित खबरहरु