बाजेको सेकुवाका पारखीहरुलाई खुशीको खबर

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार ६ ब‌ैशाख, २०७२

बाजेको सेकुवाका पारखीहरुलाई खुशीको खबर छ । बाजेको सेकुवाले आफ्नो सेवा सुकेधारामा पनि विस्तार गर्न सफल भएको छ । सेकुवा तथा तास जस्ता परिकारमा निकै नाम कमाएको बाजेको सेकुवाको सुकेधारा शाखा काठमाडौं उपत्यकाकाको आफ्नो दोस्रो फ्रेन्चाइज भएको उसले जनाएको छ ।हालसम्म पाँचवटा आफ्नो पूर्णलगानीका सहित बाजेको सेकुवाका आठवटा शाखा विस्तार भइसकेका छन् । बाजेको सेकुवाले अबको पाँच वर्षमा नेपालका प्रमुख शहरसहित विदेशमा समेत शाखा विस्तारको योजना रहेको जनाएको छ । साथै, यसले भविश्यमा प्याकेट मिट र मसलासमेत बजारमा ल्याउने जनाएको छ ।

सम्बन्धित खबरहरु