युवतीलाई जिस्क्याएको आरोपमा युवकको गयो ज्यान

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ७ ब‌ैशाख, २०७२

hatya_51058काठमाडौं । पसलमा सामान किन्दै गरेका युवतीलाई जिस्क्याएको आरोपमा राजधानीमा एक युवकको ज्यान लिनेलाई प्रहरीले पक्राउ गरेको छ ।

गत मंसिर २७ गते काठमाडौंको गंगाहिटीमा १९ वर्षीय आयूष गोर्खालीको हत्या गर्नेलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो ।

पर्सा ठोरीका २९ वर्षीय राजेन्द्र भन्ने भेषबहादुर पाण्डेलाई काभ्रेको दोलालघाटबाट पक्राउ गरेको हो ।

महाशाखाका अनुसार मंसिर २७ गते साँझ चाबहिल गंगाहिटी चोकको पसलमा सामान किन्न आएका दुई युवतीलाई पाण्डे र उनका दुई साथीले जिस्क्याउन थालेका थिए ।

आयुष गोर्खाली र उनका साथीले पाण्डेको समुहलाई केटीलाई जिस्क्याएको बिषयमा विवाद गरेका थिए । त्यहि बादविवादमा पाण्डेले काठको चिरपटले आयुषको टाउको र शरीरका विभिन्न भागमा चोट हानेर फरार भएका थिए ।

उपचारका लागि अस्पताल लगिएका आयुषको पुष ४ गते त्रिवि शिक्षण अस्पतालमा निधन भएको महाशाखाले जनाएको छ । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु

म जंगलको राजा : मेरै भयो यो हाल
  • शुक्रबार ९ असोज, २०७७