माओवादी पार्टी पुनर्गठन अभियान निष्क्रिय

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ७ ब‌ैशाख, २०७२

MAOIST-FLAGकाठमाडौं । तीन माओवादी पार्टीका दोस्रो तहका नेताले सुरु गरेको पार्टी पुनर्गठन अभियान निष्क्रिय भएको छ ।

पुष्पकमल दाहाल नेतृत्वको एमाओवादी, मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका दोस्रो तहका नेताले पार्टी पुनर्गठन अभियान सुरु गरेका थिए।

नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले  भने, ‘पार्टी एकताका लागि शीर्ष तहमा वार्ता चलिरहेका बेलामा अर्को अभियान किन चलाउनुपर्यो र ? साथीहरू भावुक भएर लाग्नुभयो।’

हाम्रो पार्टीको बैठकले त्यस्तो अभियानको योजना बनाउलाजस्तो लाग्दैन। उक्त पार्टीको पोलिटब्युरो बैठक बिहीबारदेखि काठमाडौंमा जारी छ।

पुनर्गठन अभियानले जारी गरेको प्रतिबद्धतामा नयाँ कार्यदिशा बनाउनुपर्ने र विगतका कमजोरीको जिम्मेवारी लिनुपर्ने बुँदाप्रति वैद्य नेतृत्वको माओवादीले अस्वीकार गरेको छ। आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७