उपचार गर्ने स्वास्थ्यकर्मी नभएपछि …

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ७ ब‌ैशाख, २०७२

Jajarkot 2जाजरकोट । अर्छानी–५, भेटुखानाकी सुस्मिता जैसीलाई चैत १२ गते एसएलसी परीक्षा सकिनेबित्तिकै टाउको दुख्ने, ज्वरो आउने र हातखुट्टा झमझमाउने समस्या सुरु भयो।

भगवती माविकी छात्रा सुस्मितालाई परिवारले उपचारनिम्ति अर्छानीकै स्वास्थ्यचौकी पुर्यायो तर, त्यहाँ स्वास्थ्यकर्मी कोही थिएनन्।

चौकी इन्चार्ज स्वास्थ्य सहायक पुन्जन रावत, अहेव गंगाराम आचार्य र अनमी हरिकला शाही बिदामा थिए भने अहेव कृष्णबहादुर रोकाय तालिम काजमा गएका थिए।

अनमी आरति यादव पनि काजमा वीरगन्ज गएकी थिइन्। स्वास्थ्यचौकीमा कार्यालय सहयोगी (पियन) जयलाल जैसी मात्र थिए, जसको काम बिरामी उपचार गर्नु होइन, कार्यालय बन्द गर्नु र खोल्नु थियो।

उनै जैसीले सुस्मितालाई सिटामोल दिएर घर फर्काइदिए। सिटामोलले उनको व्यथा अलिकति पनि कम भएन। झन्झन् थला पर्दै गइन्।

गतिलो उपचार नपाएपछि चैत १८ गते उनको ज्यान गयो। ‘हामीले समयमै स्वास्थ्यचौकी पुर्याएका हौं तर त्यहाँ उपचार गर्नेधरि कोही नभएपछि छोरीले अकालमै ज्यान गुमाउनुपर्यो’, सुस्मिताका काका दुर्गालाल जैसीले भने, ‘समयमै राम्रो उपचार पाएको भए ज्यान जाँदैनथ्यो।’ आजको नागरिकमा समाचार छ ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७