क्रुर उग्रवादी आईएसद्वारा ३० जनाको हत्या

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ७ ब‌ैशाख, २०७२

ISI Killingएजेन्सी । छुट्टै स्लामिक राज्यको माग सहित सशस्त्र युद्धमा लागेको आतंकवादी संगठन स्लामिक स्टेट (आइएस)ले फेरि ३० जना निहत्था मानिसहरुको हत्या गरेको छ ।

आइएसद्धारा सार्वजनिक भिडियोमा लिबियामा पक्राउ परेका इथियोपियन इसाइहरु रहेको जनाइएको छ ।

is is

उनीहरु इथियोपियाली चर्चका  भएको बीबीसीले जनाएको छ । ती मध्ये १६ जनालाई रेगिस्तान क्षेत्रमा गोली हानी हत्या गरीएको छ ।

अन्य १२ जनालाई समुद्र कीनारको अज्ञात स्थलमा हत्या गरिएको बीबीसीले जनाएको छ ।

उनीहरुलाई सुरुमा इसाई धर्म त्यागेर इस्लाम बन्न आग्रह गरिएको र पछि हत्या गरिएको भिडियो सार्वजनिक भएको हो ।

सम्बन्धित खबरहरु