स्वाइन फ्लुले ग्राण्डी अस्पतालमा वैदेशिक रोजगार व्यवसायी बटाजुको लियो ज्यान

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ७ ब‌ैशाख, २०७२

somlala bataju janaboli

जनबोली/ ७ वैशाख, काठमाडौं । जाजरकोटमा महामारीको रुपमा फैलिएको स्वाइन फ्लुले काठमाडौमा पनि ज्यान लिन थालेको छ । स्वाइन फ्लुका कारण आइतबार राति काठमाडौंमा वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष सोमलाल बटाजुको निधन भएको छ । स्वाइनफ्लुको संक्रमण भएपछि बटाजु दुईसाता अघि नै ग्राण्डी अस्पतालमा भर्ना भएका थिए । धापासीस्थित चर्चित एसओएस म्यानपावरका सञ्चालक समेत रहेका बटाजुको  आइतबार राति १ बजेर २० मिनेट जाँदा निधन भएको ग्राण्डी अस्पताल स्रोतले जनाएको छ ।

बटाजुलाई उपचारका लागि भारत लैजान खोजिएको भए पनि स्वाइफ्लु संक्रमितलाई उताबाट चासो नदिएकाले लैजान नसकिएको पारिवारिक स्रोतले बतायो । स्रोतका अनुसार बटाजुका निजी सहयोगीलाई पनि स्वाइफ्लु संक्रमण भएको छ । जाजरकोटबासीहरु स्वाइनफ्लुको संक्रमणमा छटपटाइरहेका बेला अब प्रशस्तै अस्पताल र डाक्टरहरु रहेको राजधानीमै यसको जोखिम बढेको छ ।

ग्राण्डी अस्पतालमै एमाले पोलिटव्युरो सदस्य रामनाथ ढकालको पनि स्वाइनफ्कै कारण निधन भएको थियो । आइसीयुमा राखेर उपचार गरिएका बटाजुलार्इ पनि ढकालकै जस्तो निमोनियासँगै स्वाईनफ्लु भएकाले निधन भएको उनको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन३ । उनलाई डा. सुवास आचार्य र डा. अर्जुन कार्कीले हेरेका थिए ।

अस्पताल स्रोत भन्छ( बटाजुको पनि रामनाथ ढकालको जस्तै केस हो, निमोनियामाथि स्वाइन फ्लुले आक्रमण गर्‍यो, अस्पताल स्रोतका अनुसार ६८ वर्षीय बटाजुलार्इ निमोनिया भएपछि चैत २९ गते भर्ना गरिएको थियो । उनलार्इ निमोनिया भएको अवस्थामा स्वाइन फ्लुले आक्रमण गरेको ग्राण्डी अस्पतालले बतायो ।[quote font=”play” font_size=”20″ font_style=”italic” color=”#7cd843″][/quote]

‘यो केस ठ्याक्कै एमाले नेता रामनाथ ढकालको जस्तै भयो’, स्रोतले भन्यो, ‘निमोनियामाथि स्वाइन फ्लुले आक्रमण गर्यो ।’

यसअघि ग्राण्डी अस्पतालमै एमाले नेता रामनाथ ढकालको पनि स्वाइफ्लुका कारण निधन भएको थियो ।

ढकालभन्दा अघि काठमाडौंको मोडेल अस्पतालमा क्षेत्रपाटी निवासी एक महिलाको स्वाइनफ्लुका कारण मृत्यु भएको थियो ।

वैदेशिक रोजगार व्यवसायी संघमा वि।सं ०६४ देखि ०६६ सम्म प्रथम उपाध्यक्ष र २०६६ देखि ०६८ सम्म अध्यक्ष रहेका बटाजु लामो समयदेखि वैदेशिक रोजगार व्यवसायमा आवद्ध थिए । त्यसअघि वन अधिकृतको रुपमा निजामती सेवामा कार्यरत बटाजु जाइकाको वन संरक्षण समितिमा नेशनल को–अर्डिनेटर भर्इ काम गरेका थिए ।

उनी वैदेशिक रोजगार व्यवसायी संघको आगामी वैशाख २५ गते हुने भनिएको निर्वाचनको प्रमुख निर्वाचन अधिकृतसमेत तोकिएका थिए ।

सम्बन्धित खबरहरु

एक्काइस फरार अभियुक्त पक्राउ
  • सोमबार १२ असोज, २०७७
बालिका ह’त्या गर्ने पक्राउ
  • सोमबार १२ असोज, २०७७
असोजमै पाक्यो सुन्तला !
  • सोमबार १२ असोज, २०७७