swine-flu

जनबोली/ ७ वैशाख, काठमाडौं । अहिले स्वाइन फ्लु अातंक फैलिएको छ नेपालमा । स्वाइन फ्लुकै कारण एक महिलाको मृत्यु भइसकेको छ । ४३ भन्दा बढी बिरामी फेला परिसकेको छ । यसैले तपाइ बेलैमा सचेत हुनुहोस ।

स्वाइन फ्लुका लक्षणहरू यसप्रकार छन्ः

स्वाइन फ्लुको लक्षण देखिनुभन्दा एक दिन अघिदेखि नै यो रोग संक्रमक हुन्छ । मानिसको स्वास्थ्य अवस्था हेरेर सात दिनसम्म संक्रमित रहनसक्छन् भने बालबालिकाहरु १० दिनसम्म संक्रमति रहनसक्छन् । यसका लक्षणहरु अन्य सामान्य रुघाखोकीजस्तै हुन्छ जस्तैः

१) खोकी लाग्ने
२) नाक बन्द हुने
३) घाँटी सुख्खा हुने
४) जिउ दुख्ने
५) टाउको दुख्ने
६) जाडो लाग्ने
७) थकान लाग्ने

८) खान मन नलाग्ने

९) पातालो सिगाँन बग्ने

यसले निमोनिया र स्वासप्रश्वास बन्द गर्ने जस्ता ठूलो समस्याहरु निम्ताउन सक्छ । अझ डाइबिटिज र दमका रोगीहरुका लागि यो रोग घातक हुनसक्छ । यदी तपाईंलाई सास फेर्न गाह्रो हुन्छ, बान्ता हुन्छ, पेट दुख्छ, रिंगटा लाग्छ भने तुरुन्त डाक्टरलाई सम्पर्क गर्नुहोला ।

बच्ने उपायहरू

१) भीडभाडमा नजाने

२) बेलाबेला हात मुख धोइरहने

३) हात नमिलाउने

४) बाहिर निस्कदाँ मास्क प्रयोग गर्ने

कसरी उपचार गरिन्छ ?

सामान्य रोघाखोकीमा प्रयोग हुने केही एन्टीभाइरल औषधिहरु पनि स्वाइन फ्लुको उपचारमा प्रयोग हुन्छ । यसको साथै ओसेल्टामिभिर (टामीफ्लु) र जनामिभर (रेलेन्जा) यस रोगको उपचारमा बढी प्रयोग भएको पाइएको छ । यद्यपि, केही प्रकारका स्वाइनफ्लु भने टामीफ्लुबाट ठीक नहुन पनि सक्छन् ।

यी औषधिले स्वाइन फ्लुको संक्रमणबाट चाँडै ठीक हुन मद्दत गर्छ र रोगलाई गम्भिर बनाउनबाट रोक्छ । यी औषधीहरु लक्षण देखिएको ४८ घण्टाभित्र लिए चाँडै असर गर्छ । यसमा एन्टिबायोटिकले काम गर्दैन किनभने यो रोग ब्याक्टेरियाले नभएर भाइरसका कारण लाग्छ ।

सम्बन्धित खबरहरु