काठमाडौ । अभिनेत्री केकी अधिकारी निर्मित चलचित्र ‘कोहलपुर एक्सप्रेस’को ट्रेलर सार्वजनिक भएको छ । सो चलचित्र आगामी बैशाख १४ मा प्रदर्शन हुने भएको छ ।

चलचित्रमा केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा, रविन्द्र झा, बुद्धि तामाङ, बिनोद न्यौपाने, बिनोद पौडेल, कुशग्रभट्टराई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।केकीको आफ्नै होम प्रोडक्शन जुनकिरी आर्टसबाट निर्माण भएको चलचित्रमा शान बस्नेतको कथा, अर्जुन  

तिवारीको छायांकन, लोकेश बज्राचार्यको सम्पादन, गम्भिर विष्टको नृत्य रहनेछ । चलचित्रमा केकीका अलावा भद्रबहादुर शाही, देवीलाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई चलचित्रको निर्माताका रुपमा रहेका छन् ।

https://www.youtube.com/watch?time_continue=1&v=xskRqH2Wcw4

सम्बन्धित खबरहरु