प्रम कोइराला जकार्तातिर डा. केसी जाजरकोटतिर

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार ८ ब‌ैशाख, २०७२

Sushilजनबोली ७ वैशाख, काठमाडौं । मेडिकल शिक्षालाई व्यवस्थित गर्न निजी मेडिकललाई सम्बन्धन दिन नहुने भन्दै पाँचौ पटकको अनसन बसेका डा.गोविन्द केसी महामारी फैलिएको जाजरकोट तर्फ प्रस्थान गरेका छन् ।

जाजरकोटमा स्वाईफ्लुका कारण जटिल स्वास्थ्य समस्या देखिइरहेका बेला डा.केसी औषधिसहित त्यसतर्फ प्रस्थान गरेका हुन् ।

यसअघि उनी आइतबार नै जाजरकोट जाने तयारीमा रहेपनि स्वास्थ्य समस्याका कारण जान सकेका थिएनन् ।

हालैमात्र १२ दिन लामो अनसनका कारण स्वास्थ्य पूर्ण रुपमा ठीक भइनसकेका कारण चिकित्सकहरुले उनलाई जाजरकोट नजान सुझाव दिएका थिए ।

आइतबार उनी जान नसकेपनि यसअघि नै उनले औषधिसहितको टोली भने पठाइसकेका थिए ।Dr-Govinda-KC1

डा.केसी औषधिसहित जाजरकोट जाँदा प्रधानमन्त्री सुशील कोइराला भने सोमबारदेखि नै जम्बो टोली लिएर इण्डोनेसियाको जकार्ता पुग्दैछन् ।

सरकारले प्रकोप न्युनिकरणका लागि पर्याप्त जनशक्ति परिचालन गरेको र केही दिनमा नै नियन्त्रणमा आउने बताइरहेका बेला मृत्यु हुनेको संख्या भने २४ पुगिसकेको छ ।

ईन्डोनेसियाको अफ्रो एसियाली सम्मेलन र अफ्रो एसियाली सहकार्यको दसौं बाषिर्की कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री र सचिव यसअघिनै जाकर्ता पुगिसकेका छन् । नेपालले सन् १९५५मा सम्पन्न पहिलो एसियाली अफ्रकि सम्मेलनदेखिनै सक्रिय रुपमा भाग लिँदै आएको छ ।

सम्मेलनको तहगत बैठकहरु हिजै देखि सुरु भैसकेका छन् । सम्मेलनमा एसिया तथा अफ्रीकी महादेशका १ सय ९ देश, १६ पर्यवेक्षक मुलुकका प्रतिनिधि तथा २५ अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिको सहभागिता रहने छ ।

त्यहाँबाट फर्कने क्रममा प्रधानमन्त्री कोईरालाले थाईल्याण्डको बुम्रुङगड अन्तराष्ट्रिय हस्पिटलमा स्वास्थ्य परिक्षण गर्ने छन् ।

सम्बन्धित खबरहरु