कांग्रेसमा दुईथरी मौरी : उपसभापति पौडेल

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार ८ ब‌ैशाख, २०७२

Ramchandra-Poudelजनबोली ७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेपाली कांग्रेसमा दुईथरी मौरी रहेको बताएका छन् ।

तनहुँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसमा रहेका भाले मौरीले बसेरमा मात्र खाएको आरोप लगाए । उनले आफूले पार्टी र संगठनमा पोथी मौरीले जस्तै दुःख गरेको र गरिरहने बताए ।

उपसभापति पौडेलले भने, ‘नेपाली कांग्रेसका दुईथरी मौरी छन्, एकथरी भाले मौरी जस्ता जो बसेरमा मात्र खाने, अर्को थरी पोथी मौरी जस्ता सधै काम गरिरहने ।’

उपसभापति पौडेलले आफु सधै पार्टी भित्र भागबण्डाको राजनीतिको बिरोधमा रहेको बताउँदै पार्टीको १३ औं महाधिवेशनमा आफू भागबण्डाको राजनीति अन्त्य गर्ने तर्फ लाग्ने स्पष्ट पारे ।

उनले एमाओवादी लचक भएकाले संविधान लेखन प्रक्रिया अब सहमतिमा नै बढ्ने समेत दाबी गरे ।

उनले भने, ‘एमाओवादी अध्यक्ष प्रचण्डजी संविधान लेखनका लागि अत्यन्तै सकारात्मक देखिएको मैले पाएको छु, अब सहमतिमा नै संविधान लेखन प्रक्रिया अगाडि बढ्छ ।’

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७