असार मसान्तभित्र संविधान जारी गर्ने गरी सहमति : ढुङ्गाना

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार ८ ब‌ैशाख, २०७२

Aananda prasadजनबोली ७ वैशाख, काठमाडौं ।नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुङ्गानाले दलहरुबीच असार मसान्तभित्र संविधान जारी गर्ने गरी सहमति बनेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले प्रमुख दलका शीर्ष नेताहरुको बैठकले सहमतिमा आईसब्रेक गरेको बताउँदै संविधान जारी भएपछि पनि सुशील कोइरालाकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने दावी गरे ।

ढुङ्गानाले दलहरुवीच न्याय प्रणाली, शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सहमति बनिसकेको र अब केवल प्रदेशको नाम र सीमामा मात्र विवाद बाँकी रहेको स्पष्ट पारे ।

उनले एकीकृत माओवादीले जातीय पहिचानको कुरा छाड्ने वित्तिकै विवाद मिल्ने विश्वास ब्यक्त गर्दै पाँच जिल्लाको विवादलाई पछि टुङग्याउने गरी समेत अहिले संविधान जारी गर्न सकिने धारणा राखे ।

एकीकृत नेकपा माओवादीका नेता हरिबोल गजुरेलले सोमबारको छलफलले सकारात्मक बातावरण बनाएको भन्दै आगामी सविधानसभाको बैठकमा आफूहरु सहभागी बन्ने आधार निर्माण भएको बताए ।

उनले संविधान निर्माण भएपछि बन्ने राष्ट्रिय सरकारमा आफ्नो पार्टी समेत सहभागि हुने स्पष्ट पारे ।

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७