दलहरुबिच सहमतिको वाताबरण बन्दै गएको दाबी : मन्त्री सिंह

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार ८ ब‌ैशाख, २०७२

prakash man singhजनबोली ७ वैशाख, काठमाडौं ।उपप्रधान एवं स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले दलहरुबिच सहमतिको वाताबरण बन्दै गएको दाबी गरेका छन् ।

सोमबार ललितपुरमा आयोजना गरिएको कार्यक्रममा मन्त्री सिंहले दलहरुबीच छिट्टै संविधान जारी गर्ने गरी संविधानका अन्र्तवस्तुमा सहमति हुने वातावरण बन्दै गएको बताएका हुन् ।

सिंहले सहमतिका लागि शीर्ष नेताहरु आतुर रहेकाले केही दिन भित्रै सहमतिय राजनीति अघि बढ्ने दाबी गरे ।

उनले नेताहरु जनताप्रति उत्तरदायी बन्नुपर्ने बताउँदै जनताको चासो र चिन्ता सम्बोधनमा ढिलाई गर्न नहुने बताए । कांग्रेस महामन्त्री समेत रहेका सिंहले सहमतिका लागि सबै इमान्दार बन्नुपर्ने उल्लेख गरे ।

सिंहले आफुहरु सहमतिमै संविधान जारी गर्न लागिपरे पनि केही दलले सहमति पनि गर्न नदिने र प्रकृया अघि बढ्न पनि नदिने रणनीति लिएका कारण समस्या उत्पन्न भएको धारणा राखे ।

सम्बन्धित खबरहरु