क्याच लिने प्रयासमा साथीसँग ठोक्किएर क्रिकेटरको मृत्यु

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार ८ ब‌ैशाख, २०७२

Keshri died catchingएजेन्सी । भारतमा क्रिकेट खेलका दौरान क्याच लिने प्रयासमा साथीसँग ठोक्किएर एक क्रिकेटरको मृत्यु भएको छ ।

बंगाल यु–१९ टोलीका पूर्वकप्तान अंकित केशरीको सोमबार बिहान उपचारका क्रममा कोलकातामा मृत्यु भएको हो ।

कोलकाताको जादभपुर युनिर्भसिटी क्याम्पसको मैदानमा जारी बंगालज डिभिजन १ नकआउट प्रतियोगिता अन्तरगत बंगाल र भवानीपुरबीचको खेलको दौरान क्याच लिने प्रयासमा उनी तीनदिनअघि आफ्नै साथी सौरभ मोण्डलसँग ठोक्किन पुगेका थिए । उ

नको सास रोकिएपछि तत्कालै अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा उनको अवस्थामा केही सुधार आएपनि उनी जीवित रहेनन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

सम्बन्धित खबरहरु