मंगलबारका दैनिकमा आर्थिक खबर

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार ८ ब‌ैशाख, २०७२

Economy-Aarthik-Noteराजधानीबाट मंगलबार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले दैनिकमा घरजग्गामा सुधार, नगरकोटमा लक्जरी रिसोर्ट सञ्चालनको तयारी, नेपाल लगानीका लागि आकर्षक गन्तब्य, खराब कम्पनी धमाधम कालोसूचीमा शीर्षकमा प्रमुख खबर छापेका छन् ।

कारोबार दैनिकमा घरजग्गामा सुधार, सरकारी लगानी बालुवामा पानी, प्लाष्टिक झोला बोक्नेलाई ठग्नेहरु सक्रिय, इनभेस्टमेन्टले भूपू सैनिकलाई ५ वर्षमा साढे चार अर्ब लगानी गर्ने, १६ आयोजनाको पीपीए खारेज, नयाँ स्वरुपमा नानो कार, सेयर बजार घट्ने क्रम जारी लगायतका खबर छन् ।

आर्थिक अभियानमा नगरकोटमा लक्जरी रिसोर्ट सञ्चालनको तयारी, ४५ अर्ब ७८ करोड राजश्व छुट, वीरगञ्जमा पतञ्जलीको फ्रेञ्चाइजी उद्योग, मोदीखोलामा ३० अर्ब लगानी, ३ अर्बको ब्यापार गर्दै सकियो घरजग्गा मेला, पोखराबाट चल्ने लामो दूरीको सवै बस डिलक्स लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा नेपाल लगानीका लागि आकर्षक गन्तब्य, जनतालाई दिन पैसा छैन सरकारलाई फालाफाल, राष्ट्र बैंकले तीन अर्ब रुपैया आउटराइट सेल गर्ने, सीटीसी मोबाइल एक्स्पो १२ करोडको कारोबार लगायतका खबर छन् ।

नागरिक दैनिकमा खराब कम्पनी धमाधम कालोसूचीमा, राजमार्गमा नियम विपरित कर, नेपाल-बंगलादेश ब्यापार वार्तामा पुरानै एजेण्डामा छलफल हुने, सौराहा-पटिहानी पदमार्ग सुरु, १० करोडको प्रांगारिक मल उद्योग, सिटिजन्स बैंक नौ वर्षमा, खिम्ती-ढल्केबरको विवाद मिलाउन कार्यदल, रोजगार ब्ययवसायी बाटाजुको निधन लगायतका खबर छन् ।

सम्बन्धित खबरहरु

‘अब बृद्धभत्ता पाँच हजार’
  • बिहिबार ८ असोज, २०७७