आज अक्षय तृतीया, जौ को सातु र सर्वत खाएर मनाइँदै

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार ८ ब‌ैशाख, २०७२

akshay_tritiyaजनबोली ८ वैशाख, काठमाडौं । आज वर्षकै सबैभन्दा पवित्र दिन अर्थात अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाईंदैछ।

आजको दिन खुदो र महको सर्वत तथा जौको सातु खानाले गर्मीयाममा शरीर स्वस्थ राख्न र पानीको मात्रा बढाउन सहयोग पुग्ने विश्वास छ। अक्षयको अर्थ कहिल्यै क्षय नभएर स्थायी रहने भन्ने हुन्छ। आजकै दिन बुढाबुढीलाई छाता, लौरो र कपडाको जुत्ता दान गर्ने चलन पनि छ। ज्योतिषहरुका अनुसार आज गरिएका सबै सत्कर्महरुको अक्षय पुण्य प्राप्त हुन्छ।

चार युगमा सत्य र त्रेता यसै तृतीया तिथिबाट शुरु भएको मानिन्छ। चार धाममध्ये एक बद्रीनाथ धामको ढोका आजकै दिन खोलिन्छ। बेदव्यासले समेत अक्षय तृतीयाकै दिन महाभारतको रचना गरेको विश्वास रहि आएको छ।

सम्बन्धित खबरहरु