Dal ka netaजनबोली ८ वैशाख, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकमा संविधान निर्माण प्रक्रियालाई अघि बढाउने सहमति भएसँगै दलका शीर्ष नेताहरुले छलफललाई तिव्रता दिने भएका छन् ।

प्रधानमन्त्री अफ्रो एसियाली सम्मेलनमा सहभागी हुन इण्डोनेसिया गएपनि अन्य नेताहरुले छलफललाई निरन्तरता दिएर संविधान निर्माणको काम अघि बढाउने भएका हुन् ।

संविधान निर्माणका लागि शीर्ष नेताहरुबीच औपचारिक अनौपचारिक छलफलको तयारी भएको एक नेताले जानकारी दिए । दलहरुबीच मुख्य विवाद देखिएको संघीयताका विषयमा छलफल केन्द्रीत हुनेछ ।[quote font_size=”14″ bcolor=”#1e73be” align=”right”]संघीयताका विषयमा छलफल केन्द्रीत हुने[/quote]

प्रधानमन्त्री तथा काँग्रेस सभापति कोइरालाको अनुपस्थितिमा वरिष्ठ नेता शेरबहादुर देउवाले शीर्ष बैठकमा कांग्रेसका तर्फबाट नेतृत्व गर्नेछन् ।

संविधान लेखन प्रक्रिया सुरु गरेर संघीयताको बारेमा जारी विवाद मिलाउन छलफललाई पनि जारी राख्ने सहमति भएपछि आगामी असार मसान्तभित्रमा संविधान जारी गर्ने संभावना बढेको नेताहरुले बताएका छन् ।[quote font_size=”14″ bcolor=”#1e73be” align=”right”]असार मसान्तभित्रमा संविधान जारी गर्ने संभावना [/quote]

सहमति भइसकेका विषय मस्यौदा लेखनका लागि पठाउने र बाँकी विषयमा छलफल गर्दै जाने सहमति तीन दलबीच भएको छ । शासकीय स्वरुपमा फरक मत राखेर जान यसअघि नै सहमत भइसकेको एकीकृत माओवादी संघीयताको बारेमा छलफल जारी राख्ने गरी अघि बढ्न सहमत भएपछि संविधान लेखनको काम सुरु हुने भएको हो ।

सम्बन्धित खबरहरु