यादव र भुषण आम आदमी पार्टीबाट निष्कासित

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार ८ ब‌ैशाख, २०७२

AAP Crash Yadav and Bhusanनयाँदिल्ली । आम आदमी पार्टीले योगन्द्र यादव र प्रशान्त भुषणसहितका नेताहरुलाई पार्टीबाट निष्कासन गरेको छ ।

अनुशासन समितिले योगेन्द्र यादव, प्रशान्त भुषण, प्राध्यापक आनन्द कुमार र अजित झालाई पार्टी विरोधी गतिविधि गरेको भन्दै निष्कासित गरेको आपका प्रवक्ता दीपक वाजपेयीलाई उदृत गर्दै पीटीआईले जनाएको छ ।

चार नेतालाई पार्टी विरोधी गतिविधि गरेको भन्दै स्पष्टिकरण सोधिएको थियो । उनीहरुको जवाफ आएपछि यो कदम चालिएको बताइएको छ ।

कारबाहीमा परेपछि प्रतिक्रिया दिँदै प्राध्यापक आनन्द कुमारले यो आदर्शवादी र अवसरवादीहरुको लडाई भएको र अवसरवादीको हातमा अनुशासनको चावी परेको टिप्पणी गरेका छन् ।

उनीहरुमाथि अरविन्द केजरीवालाई संयोजकबाट हटाउन षढ्यन्त्र रचेको, दिल्ली विधानसभाको निर्वाचनमा पार्टीलाई हराउनका लागि काम गरेको लगायतका आरोप लागेका थिए ।

पछिल्लो समयमा यादवले पार्टीबाट आशिष खेतानलगातलाई हटाउनुपर्ने बताएका थिए । गत साता गुडगाउँमा आयोजना गरेको स्वराज सम्वाद कार्यक्रमपछि चार नेतामाथि पार्टी विरोधी गतिविधि गरेको अरोप लागेको हो । अब यी दुवै नेताहरुले कसरी भावी रणनीति तय गर्छन भन्ने बारेमा अहिलेसम्म आधिकारिक रुपमा केही बाहिर आएको छैन ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७