बलिउड । बलिउड अभिनेता वरुण धवन र अभिनेत्री आलिया भट्ट एक पटक फेरि जोडीको रुपमा देखिने भएका छन । यि दुवै फेरि पनि करण जोहरको नयाँ चलचित्रमा सँगै देखिने भएका हुन् ।

यस चलचित्रमा अभिनेत्री माधुरी दिक्षितको पनि महत्वपूर्ण भूमिका हुनेछ ।१५ वर्ष अघि नै निर्देशक तथा निर्माता करण जोहर र उनका पिता यश जोहरले यस चलचित्रको निर्माण गर्ने निर्णय गरिसकेको थिए ।

तर त्यो समयमा चलचित्र निर्माण हुन नसके पनि १५ वर्ष पछि आएर करण जोहरले यो चलचित्र बनाउने घोषणा गरेका छन् । 

अभिनेत्री आलिया भट्टले उनको ट्वीटरमार्फत फिल्मको पोस्टर सार्वजनिक गरेकी छिन् । आलिया र वरुणको यस चलचित्रको नाम ‘कलंक’ रहेको छ । आलिया, वरुण र माधुरीका साथै यस चलचित्रका अभिनेता संजय दत्त, आदित्य रोय कपूर र सोनाक्षी सिन्हाको पनि महत्वपूर्ण भूमिका रहनेछ ।

चलचित्र ‘कलंक’ ७० र ८० को दशकको समयमा आधारित रहेको छ । यो चलचित्र २०१९ को अप्रिल १९ मा प्रदर्शन हुनेछ । चलचित्रको निर्देशन अभिषेक वर्मनले गर्नेछन् । अभिषेकले यस अघि आलिया र अर्जुन कपूर अभिनित ‘२ स्टेट्स’को निर्देशन गरेका थिए ।

यस अघि चलचित्र ‘स्टुडेन्ट अफ द इयर’ ‘हम्टी शर्माकी दुल्हनिया’ ‘बद्रीनाथकी दुल्हनिया’ मा सँगै काम गरिसकेका आलिया र वरुण चौथो पटक एकसाथ काम गरिरहेका छन् ।यस्तै, अभिनेत्री माधुरी दिक्षित र संजय दत्त लामो समयको अन्तराल पछि एक साथ पर्दामा देखिदैछन । माधुरी र संजयले धेरै वर्ष अघि चलचित्र ‘सज्जन’, ‘खलनायक’ र ‘थानेदार’ मा एक साथ काम गरेका थिए ।

सम्बन्धित खबरहरु