लोकतान्त्रिक संविधान बनेपछि विकासको अभियान चलाउने : पौडेल

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार ८ ब‌ैशाख, २०७२

Ramchandra-Poudelजनबोली ८ वैशाख, तनहुँ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले लोकतान्त्रीक संविधान बनेपछि काँग्रेसले फेरी विकासको अभियान चलाउने बताएका छन् ।[quote font_size=”14″ bcolor=”#1e73be” align=”right”]मुलुकलाई विश्वभरी चिनाउने सवैभन्दा ठूलो आधार पर्यटन[/quote]

तनहुको दमौलीमा व्यास परासर क्षेत्रको एकिकृत विकास संवन्धी बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रममा पौडेलले काँग्रेसले विकासका लागि पर्यटन, कृषि र जलश्रोतलाई मुख्य आधार मानेको जानकारी दिदै लोकतान्त्रिक संविधान बनेपछि फेरि विकासको अभियान चलाउने बताएका हुन् ।

२०४७ सालपछि पनि काँग्रेसले विकासको अभियान चलाएको स्मरण गर्दै उनले माओवादी द्वन्द्वको अवरोधका बाबजुत मुलुकले धेरै फड्को मारेको दावी गरे ।

उनले जनताको जीवनस्तर उकास्ने र मुलुकलाई विश्वभरी चिनाउने सवैभन्दा ठूलो आधार पर्यटन भएको उल्लेख गरे । उनले नेपालमा रहेका ऐतिहासिक सम्पदाहरुका बारेमा विश्व समुदायलाई जानकारी मात्रै गराउन सकेपनि मुलुकको वहुआयामिक विकास हुने धारणा राखे ।

सम्बन्धित खबरहरु