प्रमुख तीन दल मध्यमार्गी तिर, साना दलमा रडाको

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार ८ ब‌ैशाख, २०७२

3dal-650x420जनबोली ८ वैशाख, काठमाडौं । सहमतिको विकल्पमा बहुमतीय प्रकृयाको धाक लगाई रहेका कांग्रेस एमाले र आन्दोलनबाट सहमतिमै ल्याउन बाध्य पार्छौ भन्ने एकीकृत माओवादी सहितका दलको घुर्किले पनि काम नचलेपछि तीन दलले मध्यमार्गि बाटो खोजेका छन् ।

संघीयताको विषयमा छलफल गर्दै जाने र अरु विषय प्रकृयामा लैजाने प्रमुख तीन दलबीच भएको सहमतिले धेरैलाई आशा जगाएको छ । तर संविधानसभाको चौथो ठूलो दल राप्रपा नेपाल र मधेसवादी दलह भने प्रमुख दलको सहमतिबाट खुशी छैनन् ।

प्रमुख तीन दलको सहमति प्रति मधेसी दल र राप्रपा नेपालले आपति जनाएका छन् । तीन दलले गरेको सहमतिसंगै मधेसी दलले संघियतालाई थाती राखेर संविधान बनाउन खोजिएको आशंका गर्दै आपत्ति जनाएका छन् । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रमुख दलहरुबिच भएको सहमति आफुहरु मान्य नहुने बताए ।

उनले भने ‘बिहान के सहमति भयो के भएन, मलाई थाहा छैन, तर संघियतालाई थाँती राखेर संविधान बन्न सक्दैन ।

त्यो हामी दिँदैनौं ।’ संघियताका विषयलाई थाँती राख्दा कहिल्यै पनि सहमति हुन नसक्ने भएकाले यो विषयमा छलफल गर्दै जाने भन्ने विषयमा पनि मधेसी दलले आपति जनाएका छन् । ‘शिर्ष नेताले टुङ्ग्याउने भए, सहमति गरेर लैजानु पर्यो नि प्रक्रियामा, खाली छलफल गर्छु भन्ने छल मात्रै गर्ने गरेर हुन्छ ?’ महतोले आक्रोस व्यक्त गरे ।[quote font_size=”14″ align=”right”]संघियतालाई थाती राखेर संविधान बनाउन खोजिएको आशंका [/quote]

अब प्रमुख दलले वैशाख १० गते जबरजस्ति प्रक्रिया शुरु गरे भने आन्दोलन गर्ने चेतावनि पनि सद्भावनाले दिएको छ । ‘जे जे गर्नुपर्छ, वैशाख १० गते पछि गरौला नी, त्यसपछि आन्दोलन हुन्छ, राजीनामा हुन्छ, के के हुन्छ के के’ महतोले भने ।

मधेसी दल अहिले यतिकै पनि ठूला दलहरुसंग चिढिएका छन् । आन्दोलनलाई तितरबितर पारेको निहुँमा एकीकृत माओवादीसंग र विगतका सहमति र सम्झौत पालना नगरेको भन्दै कांग्रेस एमालेसँग मधेशवादी दलको सम्बन्ध राम्रो छैन । झन् एमाले अध्यक्ष के पी ओलीसँग त पानी बारावारकै अवस्थामा प्रमुख दलको यो निर्णयले उनीहरु झनै बिच्किएका छन् ।

यस्तै राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरिले पनि प्रमुख तिन दलले मात्रै गरेको सहमति मान्य नहुने बताए । उनले भने ‘उहाँहरुले कुनै न कुनै प्रजातान्त्रिक आधारहरु दिनुहुन्छ भने ठिकै छ, नत्र त्यो सहमति हामीलाई मान्य हुँदैन ।’ संघियता, गणतन्त्र धर्मनिरपेक्षता जस्ता विषयमा प्रश्न उठाउन नपाएको प्रति राप्रपा नेपालले आपति जनाउदै आएको छ ।

बल्ल, बल्ल बनेको सहमति बिग्रिन नदिन अब ठूला दलले कस्तो भूमिका खेल्छन् त्यो भने हेर्न बाँकी नै छ ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७