क्याण्डी क्रश निरन्तर खेल्ने ब्यक्तिको बुढी औंलामा समस्या

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार ८ ब‌ैशाख, २०७२

candy crushएजेन्सी । मोबाइल भेट्ने वित्तिकै क्याण्डी क्रश खेल्ने बानी छ भने तपाइँको लागि दुखको खवर छ । क्याण्डी क्रश निरन्तर खेल्ने ब्यक्तिको बुढी औंलामा समस्या हुने हालै अमेरिकामा भएको एक घटनाबाट पुष्टी भएको छ ।

अमेरिकाको क्यालिफोर्नियामा क्याण्डी क्रश खेल्ने एक ब्यक्तिको बुढी औंलाले लामो समय सम्म काम नगरेपछि चिकित्सकहरु चकित भए । कुनै घाउ नभएको र कुनै समस्या नै नभएपनि बुढी औंला लामो समय सम्म चल्दै नचलेपछि क्याण्डी क्रश खेल्दा बुढी औंलाको भित्रको तन्तु च्यातिएको थाहा भयो ।

२९ वर्षका ती युवक आफ्नो बुढी औंलालाई राम्रोसँग चलाउन नसकेपछि अस्पताल गएका थिए । चिकित्सकहरुले एक्सरे गर्दा उनको औंलाको जोड्ने भागमा भित्री मांसपेसी च्यातिएको थियो ।

आफूले ८ हप्ता सम्म निरन्तर क्याण्डी क्रश खेलेपछि यस्तो भएको उनले बताएका छन् । यो घटना सार्वजनिक गरेको प्रतिवेदनका लेखक डा एण्ड्रिउ डोनले क्याण्डी क्रश र कुनै कुनै भिडियो गेमले समेत यस्तो असर पर्न सक्ने बताएका छन् ।

छिटो औंलो चलाउनु पर्ने यस्ता खेलमा औंलामा असर पर्ने उनको भनाइ छ ।
यो अध्यन JAMA Internal Medicine नामक जर्नलमा प्रकाशित छ ।

सम्बन्धित खबरहरु