२७ जनाको निधनपछि सेना र प्रहरीको चिकित्सक टोली जाजारकोटमा, बिरामीलाई बल्ल औषधि

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार ८ ब‌ैशाख, २०७२

Nepal Army Jajarcot

जनबोली/ ८ बैशाख, काठमाडौ । तीन साता देखि फैलिएको महामारीबाट जाजरकोटमा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । सरकारले प्रभाव समान्य रहेको बताउदै छलछाम गर्दा गर्दै तीन दर्जन जति मानिसको निधन हुन लाग्यो तर अझै पर्याप्त चिकित्सक र औषधि पुगेको छैन । प्रभावित क्षेत्रमा स्वाथ्यकर्मीको टोली सुरुदेखि नै रहेको बताएपनि तीन साता वितिसक्दा समेत विकट क्षेत्रका विरामीहरुले स्वाथ्यकर्मी देख्न पाएका थिएनन् ।

जनजीवन अस्तव्यस्त भएको जाजरकोटमा बल्ल नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीका चिकित्सकसहितको टोली सोमबारदेखि त्यस क्षेत्रमा सक्रिय छन् । जाजरकोट जिल्लाको बिभिन्न गा.वि.स. हरुमा पैmलिएको मौसमी रुघाखोकी र स्वाइन प्mलुको महामारी नियन्त्रणको लागि नेपाली सेनाले आफुसँग उपलव्ध श्रोत साधन सहित मेडिकल टिमलाई प्रकोप प्रभावित क्षेत्रहरुमा परिचालन गरी व्यापक रुपमा बिरामीहरुलाई उपचार गर्ने क्रम जारी राखेको नेपाली सेनाले जनाएको छ ।

[quote font=”helvetica” font_size=”14″ font_style=”italic” color=”#57ff4f” bgcolor=”#92ff4f” bcolor=”#8cff4f”][/quote]नेपाली सेनाको एम.आई. १७ हेलिकप्टरद्वारा जाजरकोट जिल्लाको प्रभावित क्षेत्रहरुमा थप प्रकोप नियन्त्रण तथा ब्यबस्थापनको लागि गृह मन्त्रालय, नेपाली सेना र स्वास्थ्य सेवा विभाग, ईपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा सोमबार देखि नै स्वाथ्यकर्मी खटिएका छन् ।

228-01

नेपाली सेनाको डा. अधिकृत सहितको ६ जनाको मेडिकल टिम अर्छानी गा.वि.स., नेपाल जनपद प्रहरीको डा.अधिकृत सहितको ६ जनाको मेडिकल टिम पैक गा.वि.स., सशस्त्र प्रहरीको डा. अधिकृत सहितको ६ जनाको मेडिकल टिम कोरत्राङ्ग गा.वि.स. तथा जाजरकोट जिल्ला सदरमुकामबाट सिभिल डा. सहित ६ जनाको मेडिकल टिम टालेगाउं गा.वि.स. मा परिचालन भई थप उपचार सेवा प्रदान गरिरहेका छन् ।

त्यसैगरी मंगलबार थप मेडिकल टिमको रुपमा नेपाली सेनाको ६ जना मेडिकल टिम, स्वास्थ्य सेवा विभाग र ईपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टिम सहित जम्मा १८ जनाको टिमलाई स्काई ट्रकद्वारा सुर्खेतसम्म तत्पश्चात् नेपाली सेनाको दुई वटा हेलिकप्टरद्वारा जाजरकोट जिल्लाको रोग प्रभावित क्षेत्रमा पु¥याई थप उपचार कार्यलाई सहज बनाउन मद्धत गरेको छ ।

मंगलबारनै प्रकोप प्रभावित गा.वि.स. हरुलाई लक्षित गरी जाजरकोट जिल्लाको रोकायागाउँको लिम्सा ईलाकामा नेपाली सेनाको एलुवेट हेलिकप्टरद्धारा चिकित्सक सहित ३ जनाको स्वयमसेवक टिम र त्यसैगरी नेपाली सेनाको एम.आई. १७ हेलिकप्टरद्वारा जिल्ला जनस्वास्थ्य कार्यालय बांकेबाट खट्टिएका चिकित्सक सहित ७ जनाको टिम सक्ला गा.वि.स. को स्याला ईलाकामा परिचालन भई प्रकोप नियन्त्रणको लागि थप उपचार सेवा प्रदान गरिरहेका छन् ।

प्रकोप नियन्त्रणको कार्यलाई न्यूनिकरण गर्न नेपाली सेनाले गृह मन्त्रालय, स्वास्थ्य सेवा विभाग, ईपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा लगायत अन्य निकायहरुसंग समन्वय तथा सहकार्य गर्दै आफुसँग उपलव्ध श्रोत साधनको अधिकतम परिचालन एवम् प्रभावित क्षेत्रहरुमा उपचार सेवा प्रदान गर्ने कार्य जारी राखेको छ ।

सम्बन्धित खबरहरु