जाजरकोटको महामारी प्रभावि क्षेत्रलाई नै केन्द्रविन्दु बनाएर भूकम्प

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार ८ ब‌ैशाख, २०७२

kalikot
जनबोली ८ बैशाख, काठमाडौ । जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाएर मंगलबार राति भूकम्प आएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकबिजय अधिकारीका अनुसार साँझ ७ बजेर ४७ मिनेटमा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प आएको हो ।

मझौला खालको यस भूकम्पले मध्यपश्चिमका जिल्लालाई हल्लाएको उनले बताए । जाजरकोटको भीमे गाविस आसपासमा भूकम्पको केन्द्रबिन्दु रहेको अधिकारीले जानकारी दिए ।

स्थानीयका अनुशार सदरमुकाम खलंगामा भूकम्पको धक्का महशुश गरिएको छ । भूकम्प आएपछि त्रसित स्थानीयहरु घर बाहिर निस्केका थिए । कुनै प्रकारको क्षतिको जानकारी आएको छैन ।

सम्बन्धित खबरहरु