अपडेटः धादिङमा भारतीय पर्यटक बस दुर्घटना, १३ जनाको मृत्यु, ३८ घाईते

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ९ ब‌ैशाख, २०७२

hqdefault
जनबोली/ ९ बैशाख, काठमाडौ । धादिङको झ्याप्रेखोलामा आज विहान भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पशुपति दर्शन गरेर गोरखपुर जाँदै गरेको भारतीय जे जी १४ एक्स ९९०० नम्बरको बस नागढुंगाबाट केही अगाडि पुगेपछि सडकबाट झण्डै १०० मिटर तल खसेको हो । दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । धादिङ प्रहरीले जनाएको छ । मृतकको पहिचान हुन बाँकी छ ।

बसमा ५१ जना यात्रु थिए । अन्य घाइतेलाई उपचारका लागि काठमाडौ ल्याइएको छ । उद्दार कार्य चलिरहेको छ । सशस्त्र प्रहरीको डीएपीको नेतृत्वमा टोली खटिएको छ भने बलम्बुमा भएको तालिमप्राप्त टोली पनि पुगेको छ । उद्दारमा अहिले सशस्त्र प्रहरीको १०७ जनाको टोली खटिएको छ ।

सम्बन्धित खबरहरु