जाजरकोटमा फैलिएको स्वाइनफ्लुको महामारी कालिकोटमा पनि

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ९ ब‌ैशाख, २०७२

kalikotकाठमाडौं । छिमेकी जिल्ला जाजरकोटमा फैलिएको स्वाइनफ्लुको महामारी कालिकोटमा पनि भित्रिएको छ ।

डेढ सयभन्दा धेरै स्थानीयबासिन्दा थला परेका छन् । स्वाइनफ्लुको लक्षणजस्तै भाइरल ज्वरो, रुघाखोकी, रिँगटा लाग्ने, टाउको दुख्ने समस्या विकट राम्नाकोट गाविसका वडा नं. ७,८ र ९ तथा मेहेलमुडी गाविसका बासिन्दा बिरामी परेका छन् ।

राम्नाकोट खार्दुका कृष्ण कठायतकी तीन वर्षीया छोरी रिनाको मृत्यु भएको छ । जिल्ला अस्पतालले ती क्षेत्रमा औषधिसहित स्वास्थ्यकर्मीको टोली खटाइएको जनाएको छ ।

टोलीले सोमबार मात्रै सयभन्दा बढीको उपचार गरेको जिल्ला अस्पतालका डाक्टर शंकर लोहलाले बताए ।

त्यस्तै मंगलबार मेहेलमुडीमा पारुँच, तिकुवामा ७० जनाको चेकजाँच गरिएको उनले बताए । आजको नयाँ पसित्रकामा समाचार छ ।

सम्बन्धित खबरहरु