काठमाडौं । राजधानीमा सुस्त मनस्थितिकी एक किशोरी प्रहरीद्धारा बलात्कृत भएकी छिन् । कान्तिपुर दैनिकमा समाचार छ ।
काँडाघारी बस्ने १४ वर्षीया किशोरीलाई प्रहरी जवान रामधीर महरले बलात्कार गरेका हुन् । प्रहरी स्रोतका अनुसार त्रिभुवन विमानस्थलको पूर्वीगेटमा आइतबार साँझ ६ बजेसम्म ड्युटी गरेका महरले राति साढे ७ बजे काँडाघारीमा किशोरीलाई बलात्कार गरेका हुन् ।
मादक पदार्थ सेवन गरेका उनले सडकमा रहेकी किशोरीलाई सार्वजनिक शौचालयमा लगेर बलात्कार गरेका थिए ।
महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) विश्वराज पोखरेलले अभियुक्त प्रहरी जवान महरा विरुद्ध मुद्दा दर्ता भएको जानकारी दिए ।
उनले यस्ता घटनाले प्रहरीको शिर निहुरीएको बताउँदै उनलाई कडा कारबाही गर्ने बताए । किरोरी रोएको सुनेपछि पुनिफर्म मै जवानलाई पक्राउ गरि स्थानीयले पुर्वी गेटका सेनाको जिम्मा लगाएका थिए ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले यस्तो घटनाले संगठनका कर्मचारीको गतिविधि लज्जास्पद र अक्षम्य भएको बताए ।
उनले सिंगो संगठनलाई नै यस्ता घटनाले गम्भिर बनाएको बताउँदै दोषीलाई कडा कारबाही गर्ने बताए । आजको कान्तिपुरमा समाचार छ ।