प्रधानमन्त्री विदेश यात्रामा निस्किएपछि संविधानसभाको बैठक कार्यसूची विहीन हुने

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ९ ब‌ैशाख, २०७२

sambidhan sabha 2काठमाडौ । दलीय समझदारी निर्माणमा मुख्य अग्रसरता लिनुपर्ने प्रधानमन्त्री सुशील कोइराला नै झण्डै १० दिन लामो विदेश यात्रामा निस्किएपछि संविधानसभाको बिहीबारको बैठक पनि मुल कार्यसूची विहीन हुने भएको छ ।

बालुवाटारमा सोमबार बिहान बसेको प्रमुख तीन दलको बैठकले संविधानका विवादित बिषयमा समझदारी कायम गर्ने र संविधानसभाको प्रक्रिया कसरी अघि बढाउने भन्नेबार निष्कर्ष निकाल्न कांग्रेस सभापति कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मेबारी दिएको थियो ।

तर उक्त जिम्मेवारी पाएको केही घण्टा नवित्दै प्रधानमन्त्री कोइराला इन्डोनेसियामा हुने सम्मेलनमा भाग लिन हिडे ।

उनको अनुस्थितिमा प्रमुख दलका नेतहरुको मंगलबार बैठक नै बसेन । बुधबार पनि कम्यूनिष्ट पार्टी स्थापना दिवस परेकाले एमाले र एमाओवादी लगायतका दलका नेताहरु पार्टीका आन्तरिक काममै व्यस्त हुनेछन् ।

काग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा, एमाले उपाध्यक्ष भिम रावल लगायतका दलीय वार्तामा सहभागी हुने प्रमुख नेताहरु पञ्चेश्वर परियोजना सम्बन्धि छलफलमा सहभागी हुन मंगलबार नै सुदुरपश्चिम पुगेका छन ।

यसको असर बिहीबारको संविधान सभाको बैठकमा पर्नेछ । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७