बायर्न म्युनिखले जादुमयी खेलकै कारण च्याम्पियन्स लिगको सेमिफाइनल यात्रा गर्न सफल

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ९ ब‌ैशाख, २०७२

Bayern Munich's Lewandowski celebrates with team mate Mueller after scoring with a header during the German Bundesliga first division soccer match against Werder Bremenएजेन्सी । जर्मन क्लब बायर्न म्युनिखले जादुमयी खेलकै कारण च्याम्पियन्स लिगको सेमिफाइनल यात्रा गर्न सफल भएको छ ।

गए राति भएको दोस्रो लिगको खेलमा दोस्रो लेगमा एफसी पोर्तोविरुद्ध ६–१ को नतिजा निकाल्दै म्युनिखले सेमिफाइनल यात्रा तय गरेको हो ।

byan

पहिलो लेगमा पोर्तोसँग ३–१ को हार ब्यहोरेको म्युनिखले दोस्रो लेगमा फराकिलो जित निकाल्न सफल भएको हो । जितपछि समग्रमा ७–४ को नतिजासहित अन्तिम चारमा स्थान बनाएको हो ।

अर्को खेलमा बार्सिलोनाले क्वाटरफाइनलको दोस्रो लेगमा फ्रान्सेली क्लव पेरिस सेन्ट जरमाइनविरुद्ध २–० को जित हात पारेपछि समग्रमा ५–१ को नतिजासहित अन्तिम चारमा पुगेको हो ।

पहिलो लेगमा ३–१ को नतिजा निकालेको बार्साका लागि दुवै गोल ब्राजेलियन स्ट्राइकर नेयमारले गरेका थिए ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७