बार्सिलोना सेमिफाइनलमा

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ९ ब‌ैशाख, २०७२

neymar-photo-barcelona-presentationकाठमाडौं । स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको दोस्रो लेगमा पेरिस सेन्ट जर्मेन पीएसजीलाई २-० ले पराजित गरेको बार्सिलोनाले समग्रमा ५-१ को जित निकालेको छ । पहिलो लेग बार्सिलोनाले ३-१ ले जितेको थियो ।

घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाका लागि दुबै गोल नेयमारले गरे । खेलको १४ औं मिनेटमा आन्द्रे इनिस्टाले आफ्नो डि बक्स नजिकैबाट एक्लै अघि बढाएको बल पीएसजीको डि बक्स नजिक पुगेर नेयमारलाई पास दिएका थिए ।

ब्राजिलियन नेयमारले दुई डिफेण्डरका साथै पीएसजीका गोलकिपरलाई बिट गर्दै गोल गरे । ३४ औं मिनेटमा नेयमारले नै अग्रता दोब्बर पारे । ड्यानी अल्भेसको पासमा उनले हेड गोल गरेका हुन् ।

दोस्रो हाफमा पीएसजीले बार्सिलोनालाई निकै दबाव दिएको थियो । तर, गोल गर्न सकेन ।

सम्बन्धित खबरहरु