बार्सिलोना । ‘शत्रु गते’ हेर्न दर्शक हल भरिभराउ भएपछि स्पेनका नेपालीहरुले चलचित्र भुइँमा बसेर हेरेका छन् । ३ सय क्षमता रहेको सिनेमा हलमा ४ सय बढी दर्शकहरु ओइरिएपछि उनीहरुले भुइँमै नै बसेर हेर्न बाध्य भए र्दशकहरु ।

आइतबार स्पेनको बार्सिलोनास्थित जिरोना सिनेमा हलमा नेपालोना ईभेन्ट्सले चलचित्रको विशेष प्रदर्शन गरेको थियो ।स्पेनसँगै युरोपका धेरै देशहरुमा यतिबेला चलचित्र ‘शत्रु गते’ प्रदर्शन भइरहेको छ। 

प्रदीप भट्टराई निर्देशित चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, प्रियंका कार्की, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मालगायतका कलाकारहरुको अभिनय रहेका छन् ।

सम्बन्धित खबरहरु