बिहारमा ठूलो आँंधी ३२ को मृत्यु, नेपालमा पनि असर पर्न सक्ने

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ९ ब‌ैशाख, २०७२

जनबोली/ ९ बैशाख, काठमाडौ । भारतको बिहार क्षेत्रमा आएको ठूलो तुफानका कारण कम्तिमा ३२ जनाको मृत्यु भएको बिविसीले जनाएको छ । बिहारको कोशी क्षेत्रमा मंगलबार राती  तुफान आएको हो । बिहारका प्रकोप व्यवस्थापन विभागका विपिन कुमार रायलाई उद्धृत गर्दै बिबिसीले जनाए अनुसार सयौ व्यक्ति घाइते भएका छन् । मृत्यु हुनेमध्ये २५जना पूर्णिया जिल्ला र सात जना मधेपुरा जिल्लाका रहेका छन् । मृत्यु हुनेको संख्या यो भन्दा बढी हुन सक्ने अनुमान गरिएको छ । तुफानका कारण १० हजार भन्दा बढी घरमा क्षति पुगेको र विद्युत तथा सञ्चार सेवामा अवरोध आएको भारतीय अधिकारीहरुले जनाएका छन् । बिहारका मुख्य मन्त्री नितिश कुमारले मृतकका परिवारलाई चार चार लाखका दरले राहत दिने घोषणा गरेका छन् । भारतमा आएको आँंधीहुरीको नेपालमा खासै असर नपर्ने भए पनि पूर्वी पहाडी तथा हिमाली क्षेत्रमा वर्षा हुने मौषम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौषमविद् समीर श्रेष्ठका अनुसार पूर्वी पहाडी र हिमाली क्षेत्रमा वर्षा हुने सम्भावना छ । राजधानीमा पनि अहिले बादलको विकास भइरहेको र चार बजे पछाडि पानी पर्ने सम्भावना रहेको पनि मौषमविद श्रेष्ठले चक्रपथ डटकमलाई बताए ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७