बलिउड । अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित भएको फिल्म सञ्जुको टिजर हिजो मात्र सार्वजनिक गरिएको छ । राजकुमार हिरानीको निर्देशनमा बनेको फिल्मको टिजर सामाजिक सञ्जालमा अहिले निकै भाइरल भैइरहेको छ ।

अभिनेता सञ्जयको भूमिका निर्वाह गरेका रणवीर कपुरले अहिले निकै चर्चा पाइरहेका छन् । उनी सञ्जयको हाउभाउमा दुरुस्तै उत्रिएका छन् ।टिजरमा रणवीरलाई सञ्जयको विभिन्न ६ अवतारमा प्रस्तुत गरिएको छ ।

फिल्ममा रणवीरलाई सञ्जयको युवा अवस्थादेखि अहिलेको उमेरसम्मको विभिन्न गेटअपमा प्रस्तुत गरिएको छ ।निर्माण सुरु भएदेखि नै चर्चामा रहेको यो फिल्मको नाम के राख्ने भनेर निर्माता, निर्देशक निक्र्योलमा पुग्न सकेका थिएनन् । 

सञ्जयलाई सञ्जु पनि भनिने भएकाले अन्ततः फिल्मको नाम नै सञ्जु राखिएको बताइन्छ । जुन २९ मा प्रदर्शनमा आउने फिल्ममा रणवीरका साथमा अनुष्का शर्मा, मनीषा कोइरालगायतलेका कलाकारको भुमिका हेर्न पाईने छ ।

सम्बन्धित खबरहरु