विद्यार्थी संगठनले संयुक्त दवाव दिने

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ९ ब‌ैशाख, २०७२

school feesजनबोली ९ वैशाख, काठमाडौं । शिक्षा मन्त्रालयसँग भएको सहमति कार्यान्वयन गर्नकालागि विद्यार्थी संगठनले संयुक्त दवाव दिने भएका छन ।

संयुक्त बिद्यार्थी संगठनहरुको बुधबार बिहान बसेको संयुक्त बैठकले निजी विद्यालयले बढाएको शुल्क फिर्ता लिनेविषयमा भएको सहमति कार्यान्वयनमा नआएको भन्दै दवाव दिने निर्णय गरेको नेविसंघका प्रवक्ता पुपि लामिछानेले बताए ।

बैठकले शुल्क फिर्ताका बिषयमा अनुगमन गर्ने र शुल्क फिर्ता नभएको पाईएको कारवाही सुरु गर्न सरकारलाई दवाब दिने निर्णय पनि गरेको छ ।

बिद्यार्थी संगठनहरुले सरकारले आफुहरुसंग गरेकोसहमति पूर्ण रुपमा कार्यान्वयन नगरे फेरि आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् ।

निजी बिद्यालय संगठनहरुले निजी विद्यालयले बढाएको शुल्क फिर्ता लिन नसक्ने जनाएको छ । बैठकले सर्बोच्चको आदेश अनुसार स्वतन्त्र बिद्यार्थी युनियन(स्वबियु) निर्वाचनको तयारी थाल्न त्रिभुवन बिश्वबिद्यालयको ध्यानाकर्षण समेत गराउने निर्णय गरेको लामिछानेले बताए ।

यसअघि सर्वोच्च अदालतले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामि तीन महिनाभित्र गर्न सरकार र त्रिभुवन विश्वविद्यालयको नाममा परमादेश जारी गरेको थियो ।

सम्बन्धित खबरहरु