मोर्चाबीच सहमति, संविधान जारी हुने : सिटौला

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ९ ब‌ैशाख, २०७२

krishna_prasad_sitaulaजनबोली ९ वैशाख, विराटनगर । नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौलाले असार सम्ममा राष्ट्रिय सहमतिको सरकार बनाएर संबिधान जारी गर्ने तयारी भईरहेको दाबी गरेका छन् ।

बुधबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दे एमाओवादी पनि केही समयमा वर्तमान सरकारमा सामेल हुनसक्ने खुलासा गरेका हुन् ।

सिटौलाले तीन दलबीच संघीयताका विवादित विषयलाई थाँती राखेर भएपनि संविधान जारी गर्ने समझदारी भएकाले असार सम्ममा नयाँ संविधान जारी हुने दाबी गरे ।

बैशाख १५ गतेदेखि संविधानसभाका विवादित विषयहरुमा छलफल अघि बढ्ने भन्दै सिटौलाले छलफलका विषयलाई जनतासम्म लगेर जनताको राय संकलन गरी असारसम्ममा नयाँ संविधान जारी दृढता व्यक्त गरे ।

तीन दलीय मोर्चाबीच सहमति भएकाले संविधान जारी हुने कुरामा दुविधा हटेको भन्दै सिटौलाले एकीकृत माओवादीलाई सरकारमा लगेरै भएपनि संविधान बनाउने धारणा राख्नुभयो ।

सम्बन्धित खबरहरु