डिजाइन इम्प्लोयमेण्ट सर्भिस प्रालिले साउदी पठाएका चार नेपाली अलपत्र

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ९ ब‌ैशाख, २०७२
पिडितका भिनाजु

पिडितका भिनाजु

जनबोली/ ९ बैशाख, काठमाडौ । दाङ पञ्चकुले ३ का गोविन्द बस्नेत, लोक बहादुर राना लगायतका ४ जना नेपाली साउदीमा अलपत्र परेका छन् । काठमाडौका सिनामंगलमा रहेको डिजाईन इम्प्लोयमेण्ट सर्भिस प्रालिले रोजगारीका लागि पठाएका उनीहरुलाई काम दिने कम्पनी नै लिन नआएपनि अलपत्र परेका हुन् ।

नेपालबाट साउदी पठाउनु अघि म्यानपावरले जडान हस्पिटालिटी अन्र्तगतको क्लिनर पदमा मासिक एक हजार साउदी रकम तलब भक्ता वापत दिने शर्त रहेको बताएको थियो । सम्झौतापत्र पढ्न नजान्ने उनीहरुलाई पुगेकै दिन कम्पनीका प्रतिनिधि विमानस्थलमा लिन आउने जानकारी गराएका थिए । तर आज दुई हप्तावितिसक्यो कम्पनीले खोजी गरेको छैन ।

साउदीबाट बारम्बार फोन गरेर बस्नेतका भिनाजुलाई खानै नपाएर मर्नै लागेको भन्दै नेपाल झिकाउन आग्रह गर्दछन् । म्यानपावर कम्पनीसँग कुरा गर्दा पनि आलटाल गरिरहेका छन् । आफन्त खानै र बस्नै नपाएर विचल्ली भइरहेका छन् भन्दै गुनासो गर्न म्यानपावर पुग्दा उल्टै हप्किदप्कि गरेको उनीहरुको गुनासो छ । हामि काम खोजेर अर्कै कम्पनीमा लगाईदिन्छौ मात्र भन्छन् उदा मान्छे भोकै मरिरहेका छन् लोक बहादुर रानाका भिनाजुले गुनासो गरे ।  यो सम्बन्धि जनबोली प्रतिनिधिले बारम्बार बुझ्ने प्रयास गर्दा म्यानपावरका कार्यकारी निर्देशक आदित्य अग्रवालले फोन नै रिसिभ गरेनन् ।

सम्बन्धित खबरहरु

शेयर कारोवार ओरालो लाग्यो
  • सोमबार ५ असोज, २०७७
दुर्घटनामा ६ जनाको मृत्यु
  • सोमबार ५ असोज, २०७७