क्रान्तिको प्रक्रियामा दृढ सङ्कल्पका साथ अगाडि बढिरहने : वैद्य

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ९ ब‌ैशाख, २०७२

mohan-baidyaजनबोली ९ वैशाख, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले नेपाली कम्युनिस्ट आन्दोलनले अनेकौं आरोह–अवरोह तथा विभाजनका बीचबाट ६६ वर्ष पार गरेको स्मरण गर्दै यस अवधिमा पार्टी अनेकौं जनसङ्घर्ष, राष्ट्रिय सङ्घर्ष र क्रान्तिका बीचबाट अगाडि बढ्दै आएको बताएको छ ।

माओवादीका अध्यक्ष मोहन वैद्यले नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा एक विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन् । विज्ञप्तीमा वैद्यले परिवर्तनका लागि २०५२ फागुन १ गतेदेखि हामी महान् जनयुद्धको प्रक्रियामा अगाडि बढाइएपनि त्यसबाट ठूलै धक्का खाइएको स्वीकार गरेका छन् ।

यद्यपी विज्ञप्तीमा त्यस धक्काबाट आवश्यक पाठ सिक्दै तथा नेपाली कम्युनिस्ट आन्दोलनमा हावी रहिआएको दक्षिणपन्थी संशोधनवादका विरूद्ध कडा विचारधारात्मक सङ्घर्ष चलाउँदै फेरि पनि क्रान्तिको प्रक्रियामा दृढ सङ्कल्पका साथ अगाडि बढिरहने बताएका छन् ।[quote bcolor=”#1e73be” align=”right”]जनयुद्धको प्रक्रियामा अगाडि बढाइएपनि त्यसबाट ठूलै धक्का खाइएको स्वीकार[/quote]

दिवसको अवसरमा उनले पार्टी समाजवादी क्रान्तिको दिशामा दृढतापूर्वक अगाडि बढ्ने समेत बताएका छन् । यसैगरी नेपाल कम्युनिष्ट पार्टीले पनि दिवसको अवसरमा शुभकामना दिएको छ ।

सम्बन्धित खबरहरु