नाबालिका बलात्कारी झापाको बिर्तामोडमा पक्राउ

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ९ ब‌ैशाख, २०७२

balatkar1जनबोली ९ वैशाख, झापा । नाबालिका दिदीबहिनीलाई बलात्कार गरेको आरोपमा झापाको बिर्तामोडबाट प्रहरीले आज एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शनिअर्जुन नगरपालिका–५ निवासी ३९ वर्षीय शङ्कर भनिने सिंहबहादुर खवास रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।[quote bcolor=”#1e73be” align=”right”]एक रुपैयाँको सिक्का दिएर घरको कोठामा नै बलात्कार[/quote]

मादकपदार्थ सेवन गरेका खवासले सोही ठाउँ निवासी नाबालिकाद्वयलाई पालैपालो बलात्कार गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिएका हुन् ।

पीडित नाबालिकाद्वय दिदीबहिनी हुन् ।उनीहरुलाई खवासले मङ्गलबार साँझ एक–एक रुपैयाँको सिक्का दिएर घरको कोठामा नै बलात्कार गरेको बताइएको    छ । घरमा कोही नभएको मौका छोपी रक्सीले मातेर आएका खवासले पहिले ६ वर्षीया दिदी र त्यसलगत्तै ३ वर्षीया बहिनीलाई बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राउतले बताए ।

खवासले नाबालिकालाई बलात्कार गर्ने क्रममा नाबालिका चिच्याएपछि स्थानीयवासीले देखेका र खवासलाई पक्राउ गर्न खोज्दा उनी भागेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई खबर गरेलगत्तै आज बिहान खवासलाई पक्राउ गरिएको बताइएको छ ।

पीडित दुवै नाबालिकाको गएराति नै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको प्रहरी नायब उपरीक्षक राउतले जानकारी दिए। रासस

सम्बन्धित खबरहरु