काठमाडौ । नायिका प्रियंका कार्कीले अभिनय गरेका चार चलचित्र प्रदर्शन भैरहेका छन् । शुक्रबार मात्र प्रदर्शन आएको फिल्म ‘ह्याप्पी डेज’ले तेति राम्रो व्यापार गर्ने सकेको छैन् । कलाकार प्रियंका कार्की र संजय गुप्ता शुक्रबार दिउँसो काठमाण्डौको कुमारी हलमा पुगेका थिए ।
हिजो बाट रिलिज भएको चलचित्र ‘ह्याप्पी डेज’को प्रेश शोमा उनीहरु पुगेका थिए ।यो चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता मुख्य भूमिकामा छन् । यो चलचित्रको आजको व्यापार सुखद छैन । तर, पनि नायक र नायिकाको अनुहारमा भने मुस्कान देखिएको थियो ।
रमाइलो कुरा त के छ भने, आज नायिका प्रियंका कार्की अभिनित ४ चलचित्र हलमा छन् । ‘ह्याप्पी डेज र कोहलपुर एक्सप्रेस’ फ्रेस रिलिज हुन् भने ‘सत्रु गते र लिलिबिली’ पनि हलमा चलिरहेका छन् ।
मल्टिप्लेक्समा आज रिलिज भएका चलचित्रलाई हलिउड चलचित्र ‘एभेन्जर’ले असर गरेको छ । मिलन चाम्सले निर्देशन गरेको यो चलचित्रको प्रदर्शन मिति सर्दा सर्दा वैशाख १४ गतेलाई तोकिएको हो ।