एजेन्सी । बच्चाहरू हुन्छन् नै सुन्दर । उनीहरूको निर्दोष मुस्कान र बालसुलभ चंचलताले प्रत्येक बच्चालाई सुन्दर बनाइदिन्छ। तर यदि लोकप्रियतालाई नै सौन्दर्यको मनक मान्ने हो भनेपछि संसारकै सबैभन्दा सुन्दर बालिका रुसकी क्रिस्टिना पिमोनेभा भेटिन्छिन् । २७ डिसेम्बर २००५ मा जन्मिएकी क्रिस्टिना एक फुटबल खेलाडी हुन्। उनी आफ्नी पूर्व मोडेल आमासँग मस्कोमा बस्दछिन् । किस्टिना पाँच वर्षकी छँदा मोडलिङमा आइन् । उनलाई जिम्नास्टिक मन पर्दछ र उनी आफ्नो धेरै जसो समय यही काममा बिताउँछिन् । फेसबुकमा किस्टिनाको २५ लाख फलोअर छन् । उसकी आमा ग्लिकेरिया पिमेनोभा उनको ट्वीटरसमेत चलाउने गर्दछिन् ।

क्रिस्टिनाको फोटोमा धेरैजसो उनको लामो खुट्टालाई फोकस गरिएको हुन्छ, जसका कारण कहिले काँही उनको आलोचना समेत हुने गरेको छ । उनी धेरै सानी उमेरमा फोटो सूटमा उत्रिएको भन्दै आलोचना हुने गरेको छ । तर, उनकी आमा भने उनले साना बच्चाहरु केन्द्रित फोटोसुट गर्ने गरेको बताउँछिन् ।

सम्बन्धित खबरहरु