बैंक अफ काठमाडौलाई कमजोर भएको ठान्नु यसकारण भयो बेकार

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ९ ब‌ैशाख, २०७२

BOKकतिपय लगानीकर्ताले कुनै बेलाको ब्लु चिप्स कहलिएको बैंक अफ काठमाडौको दिन अब नफर्किने लख काट्दै थिए । नेपाल स्टक एक्सचेन्जले आफ्नो औपचारिक कारोबार बीओकेबाट ग्लोबल आईएमईमा सार्ने निर्णय गरेपछि यस बैंकलाई ठूलो धक्का पर्ने अनुमान गरिएको थियो ।

अझ हालै मेलम्ची खानेपानी आयोजनाको चिनियाँ ठेकेदारलाई दिईएको बैंक ग्यारेन्टी वापतको ८६ करोड रुपैयाँ मेलम्ची आयोजनालाई फिर्ता गनुएपर्ने पाटन पुनराबेदन अदालतको फैसला आएपछि बैंक अफ काठमाडौ अब उठ्नै नसक्ने ठोकुवा गर्नेहरु पनि देखिए । [quote bcolor=”#1e73be” align=”right”]ब्याज आम्दानीमा पनि बढोत्तरी [/quote]

तर बैंकले बुधबार प्रकाशित गरेको चालु आर्थिक बर्षको त्रेस्रो त्रैमासिक बित्तीय विवरणले बीओकेको कुरा काट्नेहरुलाई गतिलो जवाफ दिएको छ ।

बीओकेले गत आर्थिक बर्षको तेस्रो त्रैमासको भन्दा ३५ प्रतिशतले खुद नाफा बढाएर आफ्नो अबस्था सुदृढ नै रहेको देखाएको छ । बैंकले गत आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा ३५ करोड रुपैयाँ खुद नाफा गरेकोमा यस आर्थिक बर्षको सोही अवधिसम्ममा त्यसमा ३५ प्रतिशतले बढाएर ४८ करोड नघाएको छ ।

बैंकले संचालन नाफा ४२ प्रतिशतले बढोत्तरी गरेर ५२ करोडबाट ७४ करोड नघाएको छ । बैंकको प्रगतिको अर्को महत्वप”र्ण कडी भनेको निस्क्रिय कर्जा २९ प्रतिशतले घटाएर १.५२ बाट १.०८ मा झार्नु पनि हो, यसबा वापत बैंकले गत बर्ष भन्दा झण्डै आधार रकम मात्र प्रोभिजन गर्नुपरेको छ । बैंकले ब्याज आम्दानीमा पनि बढोत्तरी गरेको छ । त्यस्तै निक्षेप र कर्जा बिस्तारको अनुपात समान जस्तै छ ।

 

बैंकको प्रति शेयर आम्दानी ३० रुपैयाँ कायम भएको छ । मूल्य आम्दानी अनुपात १८.६७ र पूँजी कोष ११.५७ हुनु पनि आश गर्ने आधार हो । बैंकको प्रति शेयर नेटवर्थ १९० छ । चुक्ता पूँजी दुई अर्ब १२ करोड मात्र रहेकाले बैंकले ब्यापार बढाउन र अन्य प्रतिस्पर्धी बैंकहरुको दाँजोमा पुग्न पूँजी बढाउँनै पर्ने अबस्था छ । आईएलएफसी, श्री ईन्भेष्टमेन्ट र नेपाल एक्सप्रेस फाइृनान्ससँगको मर्ज प्रक्रिया टुटेकाले बैंकलाई पूँजी बढाउने अरु आधार खोज्नुपर्ने भएको छ ।

मेलम्ची आयोजनालाई बुझाउनु पर्ने रकमको जोहो गरी राष्ट्र बैंकमा लक अपमा राखेर यसअघि नै गरेर जोखिम ब्यवस्थापन गरिसकेको र पाटन पुनराबेदन अदालतको फैसला बिरुद्ध सर्वोच्च जाने तयारीमा रहेको बीओकेलाई मेलम्ची आयोजनाको भार तत्काल नपर्ने बताईन्छ । त्यसकारण यस बर्ष लाभांश बाड्न नपाउने भन्ने भ्रम पाल्नु आबश्यक नभएको बैंकका अधिकारीहरु बताउँछन् ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७