अनलाइन भिसा प्रणालीको बारेमा गलत ढंगले प्रचार: गौतम

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १० ब‌ैशाख, २०७२

bamdev-gautamजनबोली ९ वैशाख, काठमाडौं । अनलाइन भिसा प्रणालीको बारेमा गलत ढंगले प्रचार गरिएएको भन्दै गुनासो गरेका छन् ।

अनलाइन भिसा प्रोसेसिङ प्रणालीबारे संसदको सार्वजनिक लेखा समितिमा स्पस्ट पार्दै गौतमले अनलाइन भिसा प्रणाली बारेमा गलत ढंगले प्रचार गरिए पनि आफूले मुलुकको हितका लागि यो प्रस्ताव ल्याएकाले पछि नहट्ने प्रष्ट पारे ।

आफू उक्त प्रणालीबारे जहाँसुकै गएर भने पनि फेस गर्न तयार रहेको भन्दै गौतमले नेपालको विकास हुन नदिने तत्वले यस्ता राम्रा कामको पनि विरोध गरिरहेको आराप लगाए । अहिले गलत ढंगले हल्ला गर्ने र सही कुरा गर्दा खेदो खन्ने अत्यन्तै नकारात्मक प्रवृति हावी भएको उनको भनाइ छ ।

उनले अनलाईन भिसाका बिषय मुलुकको हितकै लागी भएको उल्लेख गर्दे यसलाई सहमति दिने वा नदिने भन्न कुरा समितिको निर्णयमा भर पर्ने तर्क गरे ।

बैठकमा केहि सदस्यहरुले जबर्जस्ती अनलाइन भिसा प्रणाली नै गलत भएको भन्दै समितिले नै रोक्ने चेतावनी दिएका थिए । छलफल पछि बैठकले अनलाइन भिसा प्रणालीका बिषयमा अर्को बैठकमा प्राबिधिक संग नै छलफल गर्ने निर्णय गरेको छ ।

सम्बन्धित खबरहरु