मुलुकको परिवर्तन र विकासका लागि कांग्रेस बाधक : ओली

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १० ब‌ैशाख, २०७२

Kp-oli-and-Sushilजनबोली ९ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले कुनै हालतमा जातीय संघीयता स्विकार नगर्ने अडान दोहोराएका छन् ।

बुधबार राजधानीमा कम्युनिष्ट पार्टीको ६७ औँ स्थापना दिवसको अवसरमा एमालेले आयोजना गरेका कार्यक्रममा ओलीले जातको नाम जोडेर प्रदेश बनाउन नहुने तर्क गरेका हुन् ।

‘जातीय पहिचानमा आधारित संघीयता निर्माण गर्ने सपना कसैले नदेखे हुन्छ’ उनले भने ‘यदि अझैपनि कसैले त्यो सपना देखेको छ भने त्यो किमार्थ पुरा हुन दिइने छैन ।’

कम्युनिट पार्टी स्थापना र विकास क्रममा आपा आन्दोलनको अतुलनीय भूमिका रहेको प्रशंग कोट्याउँदै अध्यक्ष ओलीले तत्कालिन झापा विद्रोह गणतन्त्र नेपाल निर्माणको जग भएको दावी गरे ।[quote bcolor=”#1e73be” align=”right”]जातीय पहिचानमा आधारित संघीयता निर्माण गर्ने सपना कसैले नदेखे हुन्छ[/quote]

उनले तत्कालिन समयमा सशस्त्र विद्रोह ठीक भए पनि त्यसपछि क्रान्तिका नामम एमाओवादीले उठाएको हतियार भने गलत भएको बताए । क्रान्तिका नाममा एउटा कम्युनिष्टले अर्को कम्युनिष्टको हत्या गर्नुलाई क्रान्ति भन्न मिल्दैन’ उनको तर्क थियो । अध्यक्ष अाेलीले अव सवै कम्युनिष्ट पार्टी एक ठाउमा उभिने बेला भएकाे भन्दै सवै कम्युनिष्टलाइ एकताकाे सूत्रमा बाधिन अाग्रह गरे ।

ओलीले मुलुकको परिवर्तन र विकासका लागि कांग्रेस बाधक भएको टिप्पणी गरे ।

सम्बन्धित खबरहरु